सरकारले यस वर्ष बाल श्रमिकहरूको आधिकारिक तथ्याङ्क अध्ययन गर्ने


काठमाडाैँ । सरकारले नेपालमा रहेका बाल श्रमिकहरूको आधिकारिक तथ्याङ्क अध्ययन गर्ने भएको छ ।

शुक्रवार राष्ट्रिय तथ्याङ्क कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्याङ्क सार्वजनिक गर्ने बताए ।

उनले श्रम क्षेत्रमा बालश्रम कति छ ? भन्नेकुराको अध्ययन हुने र त्यसमा पनि नेपालकै बालश्रमसक र नेपालमा आएर काम गर्ने भारतीय बाल श्रमिकहरूको छुट्टा छुट्टै तथ्याङ्क निकाल्ने बताए । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको उनको भनाइ छ । 

“बालश्रममा धेरै संख्या घरको काम कारबाही गर्नेमा छन् । तीन महिना भन्दा कम अवधि काम गरेको मान्छेहरू छन् । स्कुल बिदा भएको बेलामा घरमा काम गर्ने मान्छेहरू छन् । उनीहरूले पैसा नै पाउँदैनन् । यसपालि हामी श्रमको तथ्याङ्क निकाल्दै छौँ । त्यसले श्रम क्षेत्रमा बालश्रम कति छ ? त्यसलाई हामी छुट्याएर निकाल्छौँ,” उनले भने ।