काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसुचक २२.३५० अंकले घटेर २६८४.०१ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ८० करोड ७० लाख ५६ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युत्का लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.५६प्रतिशतले बढेको छ ।
यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३११ कम्पनीको एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्