विपद्को सामना गर्न सरकारले तयारी गरोस्ः महामन्त्री शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद् प्रतिकार्यका लागि सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले बर्खाको समयमा हुने बाढी–पहिरोजस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपार्टीको अन्त्य गर्नुपर्ने समेत बताएका हुन् । उनले विपद्काे सामना गर्न सरकारले जोखिमयुक्त ठाउँहरूमा आवश्यक पूर्वतयारीमा लाग्नुपर्ने बताए ।

उनले सोमवार राति चीनतर्फबाट आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धार र राहतमा समेत गम्भिर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए।

“प्राकृतिक विपद् हाम्रो देशले निरन्तर व्यहोर्दै आएकै छ । बर्खाको बेलामा त व्यहोथ्र्यो नै जलवायु परिवर्तनको कारण गत वर्ष हामीले बेमौसममा पनि यस्तो खालको विपत्ति व्यहोर्यौं । घट्ना हुने र हुँदैछ भनेर पूर्वानुमान भइरहेकै छ । त्यसकारणले घटना भइसकेपछि गम्भिरतापूर्वक बैठक बस्ने होइन,” उनले भने ।

चीनतर्फ ठूलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएपनि अझै स्पष्ट भइसकेको छैन ।