सार्वजनिक विद्यालयहरूलाई निजी विद्यालयको स्तरमा पुर्‍याउने गरी काम भइरहेको छः मन्त्री पन्त


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरूलाई पनि निजी विद्यालयको स्तरमा पुर्‍याउने गरी काम अघि बढाइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले राज्यले यथेष्ठ लगानी गर्नसक्यो भने निजी स्तरकै सरकारी विद्यालयहरू बन्ने दाबी गरे।

सरकारले उच्च शिक्षालाई पनि समयानुकुल बनाउन चाहेको बताए । निजी विद्यालयलाई पनि गुठीको मोडेलमा ल्याउन प्रयत्नरत रहेको बताए । मन्त्री पन्तले सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गर्नेगरी काम गरिरहेको पनि बताए ।