रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, जैविक स्राेतहरूको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका हुन् ।

हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको देखाएको बताए। कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्र्धन र नविन कृषि प्रणालीमा ध्यान दिनुपर्ने जरुरी रहेको बताए ।

कृषिमा हरित लगानी बढाउने, नविकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे । मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।