काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरूमा करिब ९५ हजार टन मल मौज्दात रहेको रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीकाअनुसार खेती गरिएको बाली र मलको सिफारिस मात्राको आधारमा वार्षिक मलको आवश्यकता करिब११ देखि १३ लाख मेट्रिक टन रहेपनि मध्य तथा उच्च पहाडमा सिफारिसअनुसार मलखाद प्रयोग कमै हुने कारण मलको प्रभावकारी माग करिव आठ लाख टन रहेको पाइएको छ ।
पछिल्ला वर्षहरूमा हाइब्रिड मकै र धानको खेती बढेसँगै मलको मागमा उच्च वृद्धि भएको मन्त्री अधिकारीले बताए ।पछिल्ला केही वर्ष यता वार्षिक करिव ४ लाख ५० हजारदेखि ५ लाख मेट्रिक टन अनुदानमा उपलब्ध गराउने गरिएको बताए ।
मन्त्री अधिकारीले नेपाल सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ को आधारमा कृषकलाई अनुदानमा मलखाद गराउँदै आएको बताए । हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरि सकिएको र ४ लाख २४ हजार टन विक्री गरिसकिएको बताए। यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकता बन्दरगाह भर्खरै आएको अवस्था रहेको पनि बताए ।
देशभरका करिव ११ हजार मल विक्रेता सहकारी संस्थाहरुले सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा दैनिक करिव २० हजार क्विन्टल ४० हजार बोरा मल सहकारीहरुले बुझि लगिरहनुभएको बताए।
मन्त्री अधिकारीले कृषकको मागअनुसार मल आपूर्ति गराउन नसक्दा मुख्यबाली लगाउने समयमा मलको कमी र वितरणमा समस्या भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्