काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २२.४ अंकले बढेर २७०५.९० अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
बुधबार राधी जलविद्युत्को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ७१ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन बरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६ प्रतिशतले बढेको छ ।
कुल ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्