टक्सारकर्मी थापा ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ बाट सम्मानित


काठमाडौँ । टक्सार म्यागजिनका पत्रकार रबि थापालाई ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रम’मा थापासहित तीन जना पत्रकारलाई सम्मान गरिएको हो। थापालाई प्रदान गरिएको सहकारी पत्रकारिता पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।

त्यस्तै, ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डु डट कमकी सरला सुवेदीलाई प्रदान गरिएको छ। ‘नाफिज बिमा पत्रकारिता पुरस्कार’ रेडियो सगरमाथाकी उर्वसी बस्न्यातलाई प्रदान गरिएको छ। बिमा पत्रकारिता पुरस्कारको राशिसमेत ५० हजार रुपैयाँ रहेको छ।

तीनै जना पत्रकारलाई अर्थमन्त्री विष्णु पौडेलले नगद राशिसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।