काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दाबी गरे ।
प्रतिनिधि सभाको बैठकमा सोमवार बोल्दै उनले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरुको बिचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कयाैँ मानक बनाउन सकेको बताए ।
आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको बताए ।
उनले भने, ‘गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराका बीचमा पनि कयौँ मानक बनाउनसक्यौँ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा । पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रुपान्तरण गर्नसक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ । यही अठोटका साथ आत्मलोचनाका साथ अघि बढेका छौँ ।’
उनले सरकारले कुशासनको तानाशाही गाढा चलाइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्