सांसद चौधरीको प्रश्नः मानव तस्कर र भ्रष्टाचारीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन् ।उनले स्पेन प्रकरणले भिजिट भिसाको अपराध कति गहिरो र योजनावद्ध छ भन्ने कुराको पुष्टि भएको बताए ।

उनले भ्रष्टाचार र मानव तस्करीको आकार बढ्दै गएको उल्लेख गर्दै सरकारी संयन्त्रको साँठगाँठबिना सम्भव नरहेको टिप्पणी गरे । उनले सरकारको संरक्षणमा भ्रष्टाचार भइरहेको कुरा कास्की मालपोत कार्यालय र भूमि आयोगसम्बन्धीको अडियोले पुष्टि गरिसकेको बताए ।

उनले  निर्दोष जनतालाई जेल भ्रष्ट मन्त्रीलाई कुर्सी यो अन्याय होइन र सभामुख महोदय ? भन्दै प्रश्न पनि गरे । उनले संघीय मामिलामन्त्री राजकुमार गुप्ता, भूमिमन्त्री बलराम अधिकारी रगृहमन्त्री रमेश लेखकमाथि आवश्यक अनुसन्धान गरी कारबाही गर्न समेत माग गरे ।

उनले घुस डिल र मानव तस्करदलाई संरक्षण गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे ।