काठमाडाैँ । पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय भएको जिकिर गर्दै यो हुनैपर्ने बताएका हुन् ।
उनले त्यसलाई सहज बनाउने गरी अघि बढ्न जरुरी रहेको बताए । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरू सहजीकरण गर्दै जानुपर्ने बताए ।
“वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय हो । त्यो ऐन पनि अलिअलि अररो छ । मान्छे अलिअलि अररो भएन भने अलि अलि काम हुन्छ नत्र भने त्यो कानून पनि अलिअलि अररो छ, त्यो हुन्छ नै । हुन्छ भनेर चित्त नदुखाउनुस्, हुन्छ नै । तर त्यसलाई कसरी सहज बनाउने भन्नेकुरा मुख्य हो,” उनले भने ।
विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्वपूर्ण उर्जा क्षेत्र रहेको बताए । प्रशारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । अहिले आएको विद्युत ऐन सही नरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्