सांसद शाहीले भनेः भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानविन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानविनका लागि सम्बन्धीत मन्त्रीलाई प्रक्राउ गर्न माग गर्न माग गरेका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयका निकायहरू समेत भ्रष्टाचार जस्तो गम्भीर विषयमा मौन रहेको भन्दै आपत्ति जनाए । उनले वर्तमान सरकारले भ्रष्टाचार गरेर विश्व किर्तिमान राखेको व्यंगात्मक टिप्पणी पनि गरे ।

“पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काँसी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ! मन्त्रीको अडियो टेप आएको छ, पैसा बुझाएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ? हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं ।मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानविन गरियोस्,” उनले भने ।

उनले ज्ञान नपाए गोरखा तथा भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू भन्दै टिप्पणी समेत गरे ।