बिहीबार ७५ अंकले बढ्यो, कारोबार रकम १६ अर्ब रूपैयाँभन्दा बढी


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन पनि सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

बिहीबार नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८४ करोड ४२ लाख ७३ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन ट्रेड टावर शुभम पावर र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।