काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।
आइतवार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उक्त भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरूले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गरे ।
उनले निरङ्कुश राजतन्त्रको कठोर घेराभित्र नेपाल थिचिएको कारण तत्कालीन समयमा नेपालमो कला र साहित्यसँग सम्बन्धीत कार्यक्रमहरू आयोजना हुन नपाएको उल्लेख पनि गरे ।
उनले विश्वभर रहेका नेपालीभाषीहरुलाई एउटै मञ्चमा ल्याउन मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता कार्यक्रमले ठूलो भुमिका खेलेको बताए । संसारभर रहेका नेपालीहरुलाई गास्ने प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्