२१ अंकले बढ्यो नेप्से, १६ अर्ब रूपैयाँ बढीकाे काराेबार


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुह बढेका छन् ।

सोमबार नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७५ करोड ६६ लाख ४६ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन थ्रीस्टार हाइड्रोपावर, टे«ड टावर र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत, ९.९८ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीहरुले सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९६ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।