बालबालिकासँग बिताउने ‘गुणस्तरीय समय को महत्व


मुना दाहाल

मैले धेरै वर्षदेखि प्रारम्भिक बाल विकास (इसिइडी) को क्षेत्रमा काम गरिरहेकी छु। शिक्षकको रूपमा सुरू गरेको यो यात्रामा मैले नानीहरूका हाँसो, प्रश्न, जिज्ञासा, डर र कल्पनाबाट धेरै सिकें। उनीहरूका साना पाइला र ठूला सपना मेरा सिकाइका मेरुदण्ड बने। 

विद्यालयको कक्षा कोठाबाट सुरू भएको मेरो यो अनुभव अहिले अभिभावक, शिक्षक, नीति-निर्माता र समुदायसँग संवाद गर्ने अभियानमा रूपान्तरित भएको छ। अहिले म काठमाडाैँ विश्वविद्यालयको एमफिल प्रारम्भिक बाल शिक्षा विषय अध्ययनरत छु। यो अध्ययन मेरो विगतका अनुभवलाई शैक्षिक सोच, अनुसन्धान र व्यवहारिक अभ्याससँग जोड्ने प्रयास हो।

शिशु हरेक घरको उज्यालो र हाम्रा भोलिका आधार हुन्। प्रारम्भिक बालविकासको यो संवेदनशील र महत्वपूर्ण चरणमा उनीहरूलाई सशक्त, संवेदनशील र सिर्जनशील बनाउने जिम्मेवारी हामी सबैको साझा हो-अभिभावकको माया, शिक्षकको मार्गदर्शन र समुदायको साथविना कुनै पनि बालबालिका पूर्ण रूपमा फस्टाउन सक्दैन।

बालबालिकाको सिकाइ केवल किताब, कक्षा वा पाठ्यक्रमले मात्र सीमित हुँदैन। उनीहरूले घरमा आमाबुबासँग गफ गरेर, विद्यालयमा साथीहरूसँग खेलेर र समुदायमा बुवा, हजुरआमाबाट परम्परा र संस्कार सिकेर आफूलाई बनाउँछन्। यसैले हामीले तीनवटै पक्ष-घर, विद्यालय र समुदाय-बिचको सहकार्यलाई बलियो बनाउन आवश्यक छ।

गुणस्तरीय समय भन्नाले केवल सँगै बसेर फोन वा टिभी हेर्ने समय होइन। यसको अर्थ हो-उनीहरूको कुरा सुन्ने, सँगै खेल्ने, उनीहरूको भावना बुझ्ने, सँगै हाँस्ने, गफ गर्ने र केही जीवनोपयोगी कुरा सिकाउने।

मलाई लाग्छ ० देखि ८ वर्षको समय कुनै पनि व्यक्तिको जीवनको जग बसाल्ने “सुनको समय” हो। यस अवधिमा बालबालिकाले पाउने अनुभव, माया, सम्मान र अवसरले उनीहरूको आत्मबल, सामाजिक सम्बन्ध र सोचको संरचना निर्माण गर्छ।

सबैभन्दा पहिले, तपाईंले आफ्ना सन्तानको भविष्यको लागि गरिरहनुभएको माया, मेहनत र समर्पणप्रति हार्दिक धन्यवाद। आजको यो पत्रमार्फत म तपाईंहरूसँग एउटा महत्वपूर्ण सन्देश बाँड्न चाहन्छु, बालबालिकासँग बिताउने “गुणस्तरीय समय” को गहिरो महत्वबारे।

आजको व्यस्त जीवनशैलीमा हामी प्राय यस्तो सोच्ने गर्छौं, राम्रो खाना खुवायौं, राम्रो लुगा लगाइदियौं, कहिलेकाहीं होटल, रेस्टुरेन्ट वा किनमेल लैजानु नै सन्तानको माया र हेरचाह हो। तर बालबालिकालाई चाहिने सबैभन्दा आवश्यक कुरा भनेको हाम्रो साथ, हाम्रो समय, र हाम्रो मनोयोग हो।

गुणस्तरीय समय भन्नाले केवल सँगै बसेर फोन वा टिभी हेर्ने समय होइन। यसको अर्थ हो-उनीहरूको कुरा सुन्ने, सँगै खेल्ने, उनीहरूको भावना बुझ्ने, सँगै हाँस्ने, गफ गर्ने र केही जीवनोपयोगी कुरा सिकाउने।

अझ सरल भाषामा भन्नुपर्दा, बच्चाले हाम्रासँग बिताएको रमाइलो, मायालु र अर्थपूर्ण समय नै उसको बचपनको स्मृति र आत्मबल बन्न जान्छ। अहिले धेरै बच्चाहरू एक्लोपन, तनाव, मोबाइल वा टिभीको दुनियाँमा हराउँदै छन्। उनीहरूलाई मोबाइल होइन, माया र मन दिने संसार चाहिन्छ।

बालबालिकालाई हामीले केवल किताबमा पढ्न हैन, जीवन देख्न र बुझ्न सघाउनु पर्छ। त्यसैले हामीले उनीहरूलाई घर वरिपरि पाइने बोटबिरुवा, रूख, फूल, चराचुरुङ्गी, बारीको काम जस्ता कुराहरू देखाउनु आवश्यक छ। कहिलेकाहीं मन्दिर, गुम्बा, मस्जिद, वा चर्च लैजानुहोस्, जसबाट उनीहरूले आस्था र विविधता बुझ्न सकून्।

त्यस्तै, स्थानीय मेला, चाडपर्व, परम्परा र भाषा जस्ता सांस्कृतिक पक्षहरूसँग परिचित गराउनुहोस्, जसले उनीहरूलाई आफ्नै पहिचानप्रति गर्व गर्न सिकाउँछ। साथै, समाजका विभिन्न पेशा-जस्तै किसान, दर्जी, साइकल मिस्त्री, शिक्षक आदिको काम देखाउनुस्, जसले बच्चालाई सबै पेशाप्रति सम्मान गर्न सिकाउँछ।

अझ सरल भाषामा भन्नुपर्दा, बच्चाले हाम्रासँग बिताएको रमाइलो, मायालु र अर्थपूर्ण समय नै उसको बचपनको स्मृति र आत्मबल बन्न जान्छ। अहिले धेरै बच्चाहरू एक्लोपन, तनाव, मोबाइल वा टिभीको दुनियाँमा हराउँदै छन्। उनीहरूलाई मोबाइल होइन, माया र मन दिने संसार चाहिन्छ। त्यसैले दिनको केही समय कम्तीमा ३० मिनेट भए पनि फोन बन्द गरेर, आँखामा आँखा मिलाएर, सँगै समय बिताऔं। उनीहरूले जिज्ञासा राख्दा झर्किने होइन, मुस्कानसहित जवाफ दिऔं। यदि हामी व्यस्त छौं भने पनि भोलिको केही समय उनीहरूको लागि छुट्याऔं।

दिनको केही समय कम्तीमा ३० मिनेट भए पनि फोन बन्द गरेर, आँखामा आँखा मिलाएर, सँगै समय बिताऔं। उनीहरूले जिज्ञासा राख्दा झर्किने होइन, मुस्कानसहित जवाफ दिऔं। यदि हामी व्यस्त छौं भने पनि भोलिको केही समय उनीहरूको लागि छुट्याऔं।

हामी हरेक दिन बच्चाको जीवनमा उपस्थित छौं भने, उनीहरू भविष्यमा सशक्त, समझदार र संवेदनशील नागरिक बन्छन्। हामीले आज दिएको समय नै उनीहरूको भोलिको जीवनको आधार हो। हामी तपाईंहरूजस्तै सचेत र समर्पित अभिभावकहरूसँग सहकार्य गर्न पाउँदा गर्व गर्छौं। सधैं तपाईंको साथ, सल्लाह र सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।

बालबालिका “देखेर” सिक्छन्, “भोगेर” बुझ्छन्

बालबालिकाको सिकाइ कागजमा लेखिएका अक्षर वा पाठ्यपुस्तकमा मात्र सीमित छैन। उनीहरू संसारलाई “देखेर”, “सुनेर” र “भोगेर” बुझ्छन्। मेरो लामो अनुभवले मलाई सिकाएको कुरा यही हो-शहरका बालबालिका स्मार्ट बोर्ड र चम्किला खेलौनासँग रमाउँछन् भने गाउँका बालबालिका माटो, पानी र प्रकृतिसँग घुलमिल भएर सिक्छन्।

उदाहरणका लागि, काठमाडौँमा एक बच्चा सजिलै लिफ्ट चढ्न सक्छ तर गोरु जोत्ने कुरा थाहा नहुन सक्छ। अर्कोतर्फ, गाउँको बालबालिकाले गोरु जोत्नेमा निपूर्ण हुन्छ तर स्मार्टफोन चलाउन सक्दैन। यी दुवै अनुभव महत्वपूर्ण हुन् तर हाम्रो शिक्षा प्रणालीले प्रायः शहरी सीपलाई प्राथमिकता दिएको पाइन्छ।

यदि हामीले सिकाइलाई केवल कक्षा भित्र र किताबमा सीमित राख्यौं भने त्यो बालबालिकाको वास्तविक जीवनसँग मेल खाँदैन। त्यसैले, मेरो विश्वास छ कि कक्षा बाहिरको जीवनलाई पनि कक्षाभित्र ल्याउनु अत्यावश्यक छ। बालबालिकालाई आफ्नै परिवेश, अनुभव र कुराकानीबाट सिक्न दिनुपर्छ ताकि उनीहरूको सिकाइ जीवनसँग सम्बन्धित र अर्थपूर्ण बनोस्।

यदि हामीले सिकाइलाई केवल कक्षा भित्र र किताबमा सीमित राख्यौं भने त्यो बालबालिकाको वास्तविक जीवनसँग मेल खाँदैन। त्यसैले, मेरो विश्वास छ कि कक्षा बाहिरको जीवनलाई पनि कक्षाभित्र ल्याउनु अत्यावश्यक छ। बालबालिकालाई आफ्नै परिवेश, अनुभव र कुराकानीबाट सिक्न दिनुपर्छ ताकि उनीहरूको सिकाइ जीवनसँग सम्बन्धित र अर्थपूर्ण बनोस्।

अभिभावक र समुदायको उपस्थितिको प्रभाव

मेरो अनुभवमा, अभिभावकको सक्रिय सहभागिता बालबालिकाको विकासमा अमूल्य भूमिका खेल्छ। एकपटक म एउटा बालविकास कक्षामा पुगेँ जहाँ शिक्षकले भनिन्, “आज आमा आउने भएकाले बच्चा बिहानैदेखि खुसी थियो।” त्यो आमा केवल १५ मिनेटका लागि मात्र कक्षामा आइ बच्चासँग चित्र बनाएर गइन्। तर त्यो सानो समयले बच्चाको मनमा ठूलो उत्साह भर्न पुग्यो। यिनै साना तर महत्वपूर्ण क्षणहरूले बच्चालाई माया र आत्मविश्वास दिन्छन्।

हामी अभिभावक र शिक्षकहरूले जब फोन, चासो र दौडधुपलाई केही समयका लागि छोडेर बच्चासँग पूर्ण समय बिताउँछौं, तब बच्चाले साँच्चिकै मायाको अनुभूति गर्छ।

“महँगो” सामग्री होइन, “मन पर्ने” सामग्री आवश्यक

धेरैजसो शहरका विद्यालयहरूमा आधुनिक, महँगो खेलौनाहरू र प्रविधि छन् स्मार्ट बोर्ड, चार्ज हुने रोबोट, रंगीन खेलौना। तर मैले महसुस गरेको कुरा के छ भने, यस्ता सामग्रीले बच्चाको मन सदैव भर्ने छैनन्।

उदाहरणका लागि, मैले एकपटक यस्तो विद्यालय देखेँ जहाँ बच्चाहरूले प्लास्टिकको स्मार्टफोन नभई, प्याकेटको डब्बाबाट काटेर आफ्नो मोबाइल बनाए। त्यो क्रियाकलापले उनीहरूलाई सृजनशीलता मात्र होइन, ‘म पनि बनाउन सक्छु’ भन्ने आत्मविश्वास दिएको थियो। यस्ता “मन पर्ने” र “अनुभवजन्य” सामग्रीहरूले सिकाइलाई जीवन्त बनाउँछन्।

शहरमा अंग्रेजी नबोलेर कतिपय बच्चा लाज मान्छन् भने गाउँमा नेपाली नबोलेर केहि बच्चा पछि हट्छन्। भाषिक आत्मगौरव कम हुनु दुःखद कुरा हो। त्यसैले मातृभाषालाई प्रारम्भिक शिक्षाको माध्यम बनाउनु जरुरी छ ताकि बच्चाले सहजै सिक्न सकून् र आफ्नो पहिचानमा गर्व गरून्।

हाम्रो भाषा, हाम्रो शैली नै शक्तिशाली साधन

गाउँमा पढाउने शिक्षकले बालबालिकालाई आफ्नै मातृभाषामा कुरा गर्न दिन्छन् र त्यसपछि विस्तारै नेपाली सिकाउँछन्। यसले बालबालिकामा डर होइन, आत्मबल विकास गर्छ। 

शहरमा अंग्रेजी नबोलेर कतिपय बच्चा लाज मान्छन् भने गाउँमा नेपाली नबोलेर केहि बच्चा पछि हट्छन्। भाषिक आत्मगौरव कम हुनु दुःखद कुरा हो। त्यसैले मातृभाषालाई प्रारम्भिक शिक्षाको माध्यम बनाउनु जरुरी छ ताकि बच्चाले सहजै सिक्न सकून् र आफ्नो पहिचानमा गर्व गरून्।

बालबालिकालाई निर्णयमा बोल्ने अधिकार दिनुपर्छ

अधिकांश शिक्षक र अभिभावकहरूले बालबालिकालाई ‘मास्टर–प्लान’ अनुसार चलाउँछन्, “यो खा”, “त्यो नगर”, “यो गर”, “त्यो नगर।” तर कहिलेकाहीं बच्चालाई सोध्नुपर्छ, “तिमी आज के गर्न चाहन्छौ?”, “कुन खेल खेल्न मन छ?” जब बालबालिकालाई आफ्नो निर्णय गर्न पाइन्छ, तब उनीहरूमा नेतृत्व विकास हुन्छ र उनीहरूले अरूको कुरा सुन्न पनि सिक्छन्।

अधिकांश शिक्षक र अभिभावकहरूले बालबालिकालाई ‘मास्टर–प्लान’ अनुसार चलाउँछन्, “यो खा”, “त्यो नगर”, “यो गर”, “त्यो नगर।” तर कहिलेकाहीं बच्चालाई सोध्नुपर्छ, “तिमी आज के गर्न चाहन्छौ?”, “कुन खेल खेल्न मन छ?” जब बालबालिकालाई आफ्नो निर्णय गर्न पाइन्छ, तब उनीहरूमा नेतृत्व विकास हुन्छ र उनीहरूले अरूको कुरा सुन्न पनि सिक्छन्।

‘खेल’ भनेको केवल रमाइलो होइन-जीवनशैली हो

मैले पहाडी गाउँमा बच्चाहरूलाई खेलिरहेको देख्दा गहिरो प्रभाव पर्यो। उनीहरू ढुंगाले घर बनाउँदै थिए, माटोले भाँडा बनाउँदै थिए। त्यो केवल खेल मात्र नभई उनीहरूको संसार थियो। त्यस खेलले तौल, सन्तुलन, समन्वय र संवाद जस्ता महत्वपूर्ण सीप सिकाउँथ्यो। शहरमा यस्ता खेलहरू प्रोजेक्ट कामको नाममा कक्षा ४ देखि सुरु हुन्छन्, तर गाउँका बच्चा ४ वर्षको हुँदा नै जीवन अनुभवमा आधारित सिकाइमा लागिसकेका हुन्छन्।

शिक्षकहरूका लागि सन्देश: 

शिक्षक मात्रै होइन, श्रोता पनि बनौं

कहिलेकाहीं शिक्षकहरूले बच्चालाई धेरै ‘पढाउँछन्’, तर बच्चाको कुरा सुन्न भुल्छन्। जब शिक्षकले बालबालिकाको कुरा ध्यानपूर्वक सुन्छन्, तब बच्चाले आफूलाई महत्वपूर्ण महसुस गर्छ। मैले सुनेको छु, “जब म बालकको कुरा सुन्छु र उसलाई मेरो ध्यान देखाउँछु, ऊ खुसी हुन्छ।” यस्ता साना व्यवहारहरूले बालबालिकाको आत्मविश्वास विकास गर्छ।

० देखि ८ वर्ष: आधार बनाउने उमेर

बालबालिकाको जीवनलाई पाँच तले घरको रूपमा मान्दा, ० देखि ८ वर्षसम्मको समय जमिनको रूपमा हुन्छ। यदि यो जमिन मजबुत भएन भने घर टिक्दैन। त्यसैले यस कालखण्डमा बालबालिकाले पाउने प्रेम, माया, समझदारी र सिकाइले उनीहरूको भविष्य निर्माण गर्छ। हामीले यही समयमा बालबालिकालाई स्वतन्त्रता, सुरक्षा र अवसर दिन सक्नुपर्छ।

कहिलेकाहीं शिक्षकहरूले बच्चालाई धेरै ‘पढाउँछन्’, तर बच्चाको कुरा सुन्न भुल्छन्। जब शिक्षकले बालबालिकाको कुरा ध्यानपूर्वक सुन्छन्, तब बच्चाले आफूलाई महत्वपूर्ण महसुस गर्छ। मैले सुनेको छु, “जब म बालकको कुरा सुन्छु र उसलाई मेरो ध्यान देखाउँछु, ऊ खुसी हुन्छ।” यस्ता साना व्यवहारहरूले बालबालिकाको आत्मविश्वास विकास गर्छ।

बालबालिकाको समग्र विकासका लागि सस्तो र निःशुल्क सामग्री प्रयोग गरौं

बालबालिकाको शारीरिक, संवेगात्मक, सामाजिक, बौद्धिक र भाषिक विकास (समग्र विकास) मा खेलौना र सिकाइ सामग्रीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर यसको अर्थ महँगो सामग्री वा आयातित उपकरण मात्र होइन। वास्तवमा, घर वरपर पाइने स्थानीय, सस्तो वा निःशुल्क सामग्री-जस्तै माटो, ढुंगा, सिस्नुका पात, झारपात, काठका टुक्रा, कपडाका टुक्रा, बोतलका ढकनी, चामल, मकै, गुन्द्रुकको फुँले-यी सबै नै उत्कृष्ट शैक्षिक स्रोत हुन्।

हामीले बुझ्नुपर्छ कि बालबालिकाको लागि ‘खेल’ नै औषधि हो। उनीहरूले खेल्दै–खेल्दै सिक्छन्, रमाउँछन्, सोच्न थाल्छन्, कुराकानी गर्छन्, सम्बन्ध बनाउँछन् र जीवनको आधार तयार गर्छन्। त्यसैले, अभिभावक र विद्यालय दुवैले अब यो सोच बदल्नुपर्छ कि ‘सस्तो सामग्री काम लाग्दैन।’ बरु, यस्तो सामग्रीले बालबालिकालाई आफ्नै परिवेशसँग जोड्छ, उनीहरूको सिर्जनशीलता र जिज्ञासा बढाउँछ, भाषा विकासलाई सहज बनाउँछ।

यस्ता सामग्रीहरूले आर्थिक भार कम गर्छ, विद्यालय र अभिभावकलाई पनि सहज हुन्छ, र समुदायको सहभागिता बढाउँछ। स्थानीय स्रोतको सदुपयोगले शिक्षा सस्तो मात्र होइन, सार्थक र जीवनसँग जोडिएको पनि बनाउँछ।

अन्ततः, सस्तो वा निःशुल्क सामग्री कुनै सम्झौता होइन, यो बालबालिकाको लागि सबैभन्दा प्रभावकारी औषधि हो। यसले केवल सिकाइ गराउँदैन, उनीहरूको आत्मविश्वास, कल्पनाशक्ति र सामाजिक सम्बन्धको जग बनाउँछ। त्यसैले, खेल्न दिनुहोस्, सस्तो सामग्रीसँग, मनको खुशीसँग, र जीवनसँगै अघि बढ्नयस्ता सामग्री र दृष्टिकोणको महत्त्वबारे अभिभावक र शिक्षक (शिक्षक प्रशिक्षकहरू) लाई सचेत गराउनु अत्यावश्यक छ। 

वास्तवमा, घर वरपर पाइने स्थानीय, सस्तो वा निःशुल्क सामग्री-जस्तै माटो, ढुंगा, सिस्नुका पात, झारपात, काठका टुक्रा, कपडाका टुक्रा, बोतलका ढकनी, चामल, मकै, गुन्द्रुकको फुँले-यी सबै नै उत्कृष्ट शैक्षिक स्रोत हुन्। धेरैजसो अभिभावक र केही शिक्षकहरू अझै पनि महँगो खेलौना र पुस्तकमै आधारित सिकाइ मात्र प्रभावकारी ठान्छन्। तर वास्तविकता उल्टो हो, सस्तो, स्थानीय र बालमैत्री सामग्री नै बालबालिकाको समग्र विकासको लागि सबैभन्दा उपयोगी हुन्छ।

धेरैजसो अभिभावक र केही शिक्षकहरू अझै पनि महँगो खेलौना र पुस्तकमै आधारित सिकाइ मात्र प्रभावकारी ठान्छन्। तर वास्तविकता उल्टो हो, सस्तो, स्थानीय र बालमैत्री सामग्री नै बालबालिकाको समग्र विकासको लागि सबैभन्दा उपयोगी हुन्छ।

अभिभावक र शिक्षकलाई जागरूक गराउनुका कारणहरू

  • धारणा परिवर्तन: “महँगो नै राम्रो” भन्ने सोच हटाएर “बालबालिकाको रुचि, पहुँच र सृजनशीलता हेरेर सामग्री चयन गर्नुपर्छ” भन्ने बुझाइ विकास गर्न आवश्यक छ।
  • घरमै सम्भव सामग्री प्रयोगको ज्ञान दिनु: अभिभावकलाई सिकाउनुपर्छ कि घरको भाँडाकुँडा, बोतल, बोटबिरुवा, माटो, कागज, पुराना कपडाहरूले पनि बच्चाले अक्षर, आकार, रंग, संख्याजस्ता कुराहरू रमाइलो तरिकाले सिक्न सक्छन्।
  • शिक्षकलाई प्रयोगात्मक अभ्यास दिनु: प्रशिक्षणमा शिक्षकहरूलाई स्थानीय सामग्री संकलन, तयार गर्ने तरिका, खेल–सिकाइमा प्रयोग गर्ने उपायहरूको अभ्यास गराइनु जरुरी हुन्छ।

आजका बच्चामा लगानी गर्नु भनेको भोलिको राष्ट्र निर्माण गर्नु हो। यदि अभिभावक, शिक्षक र समुदाय आजै संगै बसेर बच्चाको आवाज सुन्छन्, उनीहरूको लागि सस्तो तर सार्थक अवसर सिर्जना गर्छन् भने, भोलिको पुस्ता मूल्यवान्, जिम्मेवार र सशक्त नागरिक बन्नेछन्।

जागरूकता फैलाउने उपायहरू

• कार्यशाला र प्रशिक्षण कार्यक्रम
• घरमै बनाउने खेलौना प्रतियोगिता
• अभिभावक बैठकमा उदाहरणसहित प्रस्तुतीकरण
• स्थानीय भाषा र सन्दर्भमा पोस्टर/पुस्तिका वितरण
• विद्यालयको ‘खुल्ला कक्षा’ मा सामग्री प्रदर्शन

आजका बच्चामा लगानी गर्नु भनेको भोलिको राष्ट्र निर्माण गर्नु हो। यदि अभिभावक, शिक्षक र समुदाय आजै संगै बसेर बच्चाको आवाज सुन्छन्, उनीहरूको लागि सस्तो तर सार्थक अवसर सिर्जना गर्छन् भने, भोलिको पुस्ता मूल्यवान्, जिम्मेवार र सशक्त नागरिक बन्नेछन्।

सहकार्यले प्रि–स्कूल उमेरका बच्चाहरूमा बुझ्ने र भोग्ने सिकाइलाई प्रवर्द्धन गर्छ। उनीहरू सिर्जनशील र व्यवहारिक सीप सिक्न थाल्छन्, जुन अक्षर मात्र होइन, जीवन बुझ्ने तरिका हो। सामाजिक भावना, आदर र संस्कार बस्न थाल्छ। अझ महत्वपूर्ण कुरा, यस्ता अनुभवहरूले बच्चामा आत्मविश्वास र आत्मसम्मान बढाउँछ, जसको आधारमा उनीहरू आत्मनिर्भर, संवेदनशील र सचेत नागरिक बन्न सक्छन्।


(काठमाडाैँ विश्व विद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत प्रारम्भिक बाल विकास शिक्षणकी एमफिल अध्ययनरत लेखक दाहाल भक्तपुर दुवाकेाटस्थित किड्स गार्डेन प्री–स्कूलकी संस्थापक प्रिन्सिपल हुन् ।)