काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले भूमिसम्बन्धी विधेयकलाई चुनावी एजेण्डाको रूपमा अघि सारको टिप्पणी गरेकी छन् ।
सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले चुनावको समय लालपूर्जा बाँढ्ने तरिकाले भूमि विधेयक ल्याइएको टिप्पणी गरेकी हुन् ।
भूमि उपयोगको आधुनिक तथा बहुआयामिक विषयलाई विधेयकले आत्मसाथ नगरेको उनको भनाइ छ । उनले विधेयक व्यवहारिक, समावेशी र वर्तमान आवश्यकताअनुसार अद्यावधिक हुनुपर्नेमा जोड दिइन् । उनले भूमिलाई सुरक्षित आवास, उत्पादनशील उपयोग र क्षेत्रीय सन्तुलनसँग जोडेर हेर्नुपर्ने बताउँदै लालपुर्जाको आधारमा मात्र स्वामित्व मानिने प्रचलनलाई तोड्ने गरी विधेयक ल्याउनुपर्ने पनि बताइन् ।
विधेयकले ठूलो उद्योग र अर्बौ रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई मात्र सम्बोधन गर्ने गरी आएको भन्दै समावेशी र सन्तुलित बनाउन आवश्यक रहेको बताइन् ।
सांसद श्रेष्ठले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह गर्दै वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेज गर्न माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्