‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठूला नदीले खतराको तह पार गरेनन्’


काठमाडौं । नेपालमा मनसुन शुरु भएको करिव डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् ।

जनधनको क्षति पनि ठूलो भएको छ । तर देशभरका कुनैपनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउँछन् ।

यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । तर अहिलेसम्म पनि देशका ठूला नदीहरुमा बाढीले खतराको तह पार गर्न सकेको छैन ।
उनले भने, मनसुन करिव डेढ महिना पार गर्दा देशका कुनैपनि ठूला नदीहरुमा खतराको तह पार गरेको छैन । आगामी तीन दिन पनि कुनै प्रमुख नदीहरुमा खतरा भन्दा बढी बाढी जाने सम्भावना छैन । साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्छ । आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान गरेका छौँ । आागमी २४ घण्टाका लागि यो जोखिम हो ।

साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्ने जानकारी दिँदै उनले आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान रहेको बताए ।

पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिव ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताउनु भयो । हालका दिनहरुमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने बताए ।

उनले रसुवाको भोटेकोशीमा मंगलवार राति आएको बाढी सामान्य रहेको उल्लेख गर्दै बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो देखिएको र केही नोक्शान गर्ने भएकाले पनि नदी छेउमा शतर्कता अपनाउन आग्रह गरे ।