नेप्से परिसूचक ३९ अंकले घट्याे, कारोबार रकम भने बढ्यो


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार सेयरबजार ३९ अंकले घट्दा कारोबार रकम भने बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ अंकमा पुगेर रोकिएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ७.६८ अंकले घटेर ३७६.५३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह नै राताम्ये बनेका छन् ।

बुधबार नेप्सेमा कारोबार रकमको आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । संस्थाको ६ करोड ७८ लाख २७ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४२ प्रतिशतले बढेको छ ।

एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ७.९५ प्रतिशतले घटेको छ।

कुल २२३ कम्पनीको ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।