काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ ।
नेप्सेले एक सूचना जारी गर्दै सेयर कारोबारको लागि नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न बोकर कम्पनीहरुलाई पत्राचार गरेको हाे ।
नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम नयाँ ब्रोकर खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गराएको नेप्सेले जनाएकाे छ ।
नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई पत्र जारी गर्दै राष्ट्रिय परिचयपत्रको आधारमा ग्राहक पहिचान र संपुष्टी गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था गर्न ब्रोकर कम्पनीहरुलाई पत्राचार गरेको हो ।
योसँगै सेयर कारोबार गर्न चाहाने लगानीकर्ताहरुले ब्रोकर खाता खोल्दा केवाइसी फर्म भर्दा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य समावेश गर्नुपर्नेछ ।

साथै, हाल आफ्नै टीएमएस प्रयोग गरिरहेका ब्रोकरहरुलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्