काठमाडाैँ । अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरू भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए ।
अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको बताए । उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको बताए ।
अमलेखगञ्ज-लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको बताए ।
उनले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्