१६ अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५५ करोड ९६ लाख ७५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आज थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.८९ प्रतिशतले बढेको छ ।

टे«ड टावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख ४९ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This