काठमाडाैँ । प्रतिनिधि सभाको बैठकले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकले सम्झौतालाई अनुमोदन गरेको हो । विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको सभामुखले घोषणा गरेका हुन्।
सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्ताव उपर सांसदहरूले आफ्ना धारणा समेत राखेका थिए । सांसदहरूको धारणापछि बोल्दै मन्त्री भण्डारीले डब्ल्युटिओबाट नेपाल सरकारलाई पनि यसमा सहमति जनाउन प्रस्ताव आएको र सोहीअनुसार प्रक्रिया अघि बढाइएको बताए ।
उनले नेपालमा आयात गरिने माछाहरुमा न्युनिकरण हुने, नेपालमा उत्पादन माछाले बजार पाउने बताए । सम्झौता कार्यान्वयन भएको खण्डमा थप विश्व व्यापार संगठनसँग मुद्दाहरूले प्राथमिकता पाउने बताए ।
प्रतिक्रिया दिनुहोस्