काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढ्दा एउटाको स्थिर छ भने छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार न्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ४५ लाख ५७ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आज विन नेपाल लघुवित्त, माहुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
थ्रीस्टारका हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.७८ प्रतिशतले घटेको छ ।
कुल ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्