आइपिओ निष्काशन गर्न सोपान फर्मास्युटिकल्स बोलायो साधारण सभा


काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

साउन २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १६ औं साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी भदौ १५ गते ललितपुरमा रहेको आँगन भेन्यू एण्ड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयमा निमयनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।