काठमाडाैँ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारी साधनको क्षमता जाँचपास गर्ने मेसिन अहिलेसम्म नभएको र एसेम्बल गर्ने गाडीमा दिइएको छुटका कारणले पनि प्रत्येक वर्ष बेरुजु बढेको बताएका छन् ।
शुक्रवार सार्वजनिक लेखा समितिमा भएको बेरुजुसम्बन्धिको छलफलमा भट्टराईले इभी गाडीहरूको क्षमता जाँच्ने कार्यक्षेत्र भन्सार विभागलाई नभएको बताएका हुन् ।
उनकाअनुसार यातायात व्यवस्था विभाग अन्तर्गत क्षमता जाँच्न सकिने भएपनि अवश्यक मेसिनहरु नहुँदा प्रभावकारी हुन सकिरहेको छैन । उनले अहिले भन्सार विभागको बेरुजु २० अर्ब भन्दा बढी रहेकाे बताए ।
“भन्सार विभागको २० अर्ब भन्दा बढी देखिएको छ । बेरुजुका पछाडी विद्युतीय सवारी साधान (इभी) मा सरकारले लिएको प्रवद्र्धनात्मक नीतिहरु पनि देखिएका छन् भने नेपालमै एसेम्बल गर्ने गाडीमा भन्सार सुविधा दिनेबारे प्रश्न उठेको छ । अहिले विद्युतीय गाडीहरुको मोटरको क्षमतामाथि पनि प्रश्न उठेको छ । महालेखाले प्रश्न समेत उठाएको छ । हामीसँग जाँच्ने उपकरण छैन् । कार्यक्षेत्रले पनि यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिएको छ,”उनले भने ।
महानिर्देशक भट्टराईले बेरुजुका पछाडी सुर्तीदेखि ग्यास बुलेटको ढुवानीसम्म जोडिएका छन् । विभागले बेरुजु फछ्र्यौटलाई कार्ययोजना बनाएर प्रभावकारी रुपमा काम गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्