नेप्से परिसूचक १३ अंकले बढ्दा कारोबार रकम १ अर्ब मुनि


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार सेयर बजार १३ अंकले बढेपनि कारोबार रकम भने १ अर्ब मुनि रहेको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक २.८६ अंकले बढेर ३७६.५७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये म्युचुअल फण्ड र व्यापार बाहेक सबै उपसमूहको सेयर बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ३ लाख ३८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ४.१३ प्रतिशतले घटेको छ ।

कूल २३२ वटा कम्पनीको २४ लाख ९५ हजार ६ सय १२ कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार एक सय ५८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।