काठमाडौं । अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान शुरु भएदेखि गाजाको क्षेत्र अशान्त बन्दै गएकाे छ । दिन र वर्ष बित्दै जादा गाजाकाे बैंकिङ प्रणाली ध्वस्त भएको छ । यसले गाजामा निराशाजनक अवस्था मात्र सिर्जना गरेको छैन मानिसहरूले डिलरहरूलाई ठूलो शुल्क तिरेर नगदका लागि सामना गरिरहेका छन् ।
अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान शुरु भएदेखि गाजा पट्टी कडा नाकाबन्दी छ । जसले गर्दा नगदमा समस्या आएको छ । नगद बिना केही कुरा पनि किन्न मिल्दैन । औपचारिक बैंकिङको अभावमा गाजावासीहरू आफ्नो पारीश्रमीक प्राप्त गर्न इजाजतपत्र नभएका मुद्रा परिवर्तकहरूलाई अत्यधिक शुल्क तिर्न बाध्य बनेका छन् ।
जुनको मध्यमा संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले ९५ प्रतिशतभन्दा बढी घरपरिवारले गम्भीर आर्थिक कठिनाइ भोगिरहेको देखाएको छ । व्यापक नगद अभावले खाद्यान्न खरिद गर्न लगभग असम्भव बनाएको देखाएको छ । नगद पाउनेहरूले अर्को समस्याको सामना गरिरहेका छन् किनभने विक्रेताहरूले जीर्ण नोटहरू स्वीकार गर्न अस्वीकार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्