काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २७.९० अंकले बढेर २८२२.४६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ ओटाको सेयरमूल्य घटेको छ ।
सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५३ करोड ८८ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कुल ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार रुपैयाँ सेयर किनबेच हुँदा १० अर्ब २१ करोड बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्