काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटी द्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ ।
साझेदारी अन्तगर्त डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन् ।
यस साझेदारीमार्फत ग्राहकहरूले पाउने सुविधामा आवासमा १५% र फुड एन्ड बेभरेजमा १५% छुट रहेको छ ।
यो छुट प्राप्त गर्न, ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्