अन्तर्राष्ट्रिय कानूनी संरचनासँग तालमेल नगरी राष्ट्रिय न्याय प्रणालीले प्रभावकारी काम गर्न सक्दैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


काठमाडाैँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रभावकारी कानूनी शासनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय न्याय प्रणालीलाई एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।

नेपाल कानून समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय न्याय प्रणाली र अन्तर्राष्ट्रिय न्याय प्रणाली एकआपसमा जोडेर काम काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताएका हुन् ।

नेसनल ‘रुल अफ ल’लाई मात्र बढावा दिए देशबाहिर हुने गरेका गतिविधिहरूबारे उपयुक्त धारणा बनाउन नसकिने उनकाे भनाइ छ । उनले अन्तर्राष्ट्रिय कानूनी संरचनासँग तालमेल नगरी राष्ट्रिय न्याय प्रणालीले प्रभावकारी काम गर्न नसक्ने बताए ।

अन्तर्राष्ट्रिय समुदायसँग भएका सन्धि सम्झौताबाट लाग लिन समेत अन्तर्राष्ट्रिय कानूनी शासन प्रणाली अवलम्वन गर्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।