काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २५ दिनको लागि २५ अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ भने राष्ट्र बैंकले साँवाब्याज २०८२ भदौ २२ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्