सहकारी प्राधिकरण विज्ञ सदस्यमा चौलागाईं नियुक्त


काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा डा.रमेश चौलागाईं नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चौलागाईं नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राधिकरण अध्यक्ष तथा विज्ञ सदस्य नियुक्त सिफारिस समितिले चौलागाईसंँगै नारायणप्रसाद पौडेल र सहदेव बस्नेतलाई सिफारिस गरेको थियो ।

सरकारले सिफारिस समितिले पठाएका ३ मध्ये चौलागाईंलाई विज्ञ सदस्य नियुक्त गरेको हो ।