स्याङ्जामा नदिजन्य पदार्थ उत्खनन् गर्ने तीन सवारी साधन नियन्त्रणमा


स्याङ्जा ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन् र ओसार–पसार गर्ने केही सवारी साधन नियन्त्रणमा लिएको छ।

प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जयपते, प्रहरी चौकी बिर्घा र प्रहरी चौकी पिडीखोलाबाट खटिएको प्रहरी टोलीले गल्याङ नगरपालिका वडा नम्बर ५, ठुलोखोला र मोहनडाँडा क्षेत्रमा अनुगमन गरेको थियो।

अनुगमनको क्रममा अवैध उत्खनन् र ओसार–पसारमा संलग्न रहेको अवस्थामा लु. १ क. ५१८५ र लु. १ क. ५१८६ नम्बरका दुई टिप्पर र प्र.३ ०१००३ क.७१२९ नम्बरको स्काभेटर नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू आवश्यक कारवाहीका लागि वडा प्रहरी कार्यालय वालिङमार्फत गल्याङ नगरपालिका कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।