काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तीब्रता दिएको छ ।
बिहीवार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो ।
स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ । महानगरपालिकाले यसअघि पनि अवैधानिक रूपमा बनाइएका संरचनामाथि डोजर चलाउँदै आएको छ ।


















तस्विरः न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्