काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरू जागरुक हुन थालेको बताएका छन् ।
भक्तपुरमा शुक्रवार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू देशका विभिन्न स्थानहरूमा जाँदा अहिले धेरै ठाउँमा युवाहरू र नागरिक पनि आफ्नै देशमा रोजगारी सिर्जन गर्ने अभियानतर्फ लागेको पाएको बताएका हुन् ।
आफ्नो देश, इतिहास, विकास, प्रक्रिया र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौति रहेको बताए । गौरवशाली इतिहास र प्रकृतिबाट नै आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिने बताए ।
अध्यक्ष दाहालले पर्यटन विकासको निम्ति के गर्न सकिन्छ भन्नेकुरा योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए ।आफ्नो पालिकाको वस्तुस्थिति बुझेर पालिकाहरूले आफ्नो पालिकामा कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने योजना बनाउन जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्