काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संघीय निजामति ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनुपर्ने आवश्यकता नरहेको बताए ।
उनले राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन प्रस्ताव हालेको बताए । उनले किन संशोधन हाल्नुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा एमाले सांसदहरूले माथिको निर्देशन भन्ने जवाफ दिएकाले अब लुकाउनुपर्न जरुरी नरहेको बताए । एमाले छल कपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ ।
सांसद कोइरालाले देशमा सुशासन किञ्चित मात्रामा पनि नरहेको बताए । देशमा भ्रष्टाचार दिन प्रतिदिन बढेर गएको बताए।
प्रतिक्रिया दिनुहोस्