एप्पलको ‘इयरड्रप’ जस्तै एन्ड्रोइडमा ‘नियरवाइ सेयर’, यसरी सहजै सेयर गर्नुहोस् फाइलहरु (टिप्स)


प्रिती सुनुवार

एप्पल डिभाइसमा एउटा बाट अर्कोमा सजिलै फाइल सेयर गर्ने इन्बिल्ड फिचर हो ‘इयरड्रप’ । कुनै एप इन्स्टल नगरी ग्याजेटमा सुरुमै उपलब्ध हुने यो फिचरबाट आइफोन वा एप्पलका उत्पादन प्रयोगकर्ताहरु लाभाविन्त भइरहका छन् । एन्ड्रोइड फोन प्रयोगकर्ता भने एउटा फोनबाट अर्को फोनमा कुनै फोटो, फाइल वा एपहरु ट्रान्सफर गर्न सेयरइट वा यस्तै अन्य एपहरु त्यो पनि दुबै डिभाइसमा इन्स्टल गर्नुपर्ने बाध्यता थियो ।

अब भने एन्ड्रोइड फोन प्रयोगकर्ताले पनि अन्य कुनै एपको सहायता बिना ‘नियरवाइ सेयर’ फिचरको प्रयोग गरेर सहजै कुनै फाइल, फोटो, लिंक, भिडियो, एप वा मोबाइलमा भएका अन्य सामग्री सहजै, छिटो छरितो रुपमा पठाउन अर्थात् सेयर गर्न सकिनेछ ।
‘नियरवाइ सेयर’ फिचरको प्रयोग कसरी गर्ने त? यदी तपाइँ यसअघि सेयरइट वा म्यासेन्जर एपहरुबाट फाइल सेयर गरिरहनु भएको छ, अझै सहज हुनेछ । गर्नु भएको छैन भने पनि क्यै छैन । तल दिइएको तरिका अपनाएर सहजै प्रयोग गर्न सक्नुहुनेछ ।

 पठाउने तरिकाः

१. तपाइँले सेयर गर्न खोज्नु भएको लिंक, फोटो, भिडियो, फाइल वा एपमा जानुहोस् । सेयर अप्सल क्लीक गर्नुहोस् ।

२. तपाइँले सेयर गर्न चाहेको माध्यमहरु डिस्प्ले हुन्छ । विभिन्न एपहरुको सूची पनि देखाइको हुन्छ । अरुतिर नगइ नियरवाइ लेखेको मेनुमा क्लिक गर्नुहोस् ।

३. अब तपाइँले ब्लुटुथ, वाइफाइ र जिपिएस अन गर्नुपर्ने हुन्छ । यसो गर्दा नजिकमा रहेको फोनलाई तपाइँले फाइल वा अन्य सामग्री सेयर गर्न खोज्नु भएको कुरा नजिककैको डिभाइसलाई जानकारी हुन्छ ।

४. अब तपाइँको डिभाइसले नजिकको डिभाइस खोज्न थाल्छ । सेयर गर्न खोजिएको डिभाइसको पनि ब्लुटुथ, वाइफाइ र जिपिएस अन गर्नुपर्ने हुन्छ ।

५. पठाउन खोजिएको कुरा रिसिभ गर्नुपर्ने नजिकैको फोनले नियरवाइ सेयर फिचर अन गरेको हुनुपर्छ । सेयर गर्न खोजिएको फोनको नाम तपाइँको फोनको स्क्रीनमा देखिनेछ ।

६. फोनको नाम पक्का गरेर क्लीक गर्नुहोस् । कार्यालय वा भिडमा भए एक वा एक भन्दा बढी डिभाइस देखिन पनि सक्छ । यस्तोमा आफूले पठाउन खोजेको फोनको नाममै क्लीक गर्नुपर्ने हुन्छ ।

रिसिभ गर्ने तरिकाः

१. कुनै फाइल, एप वा लिंक पठाउने फोनले माथिको प्रक्रिया पूरा गरेपछि तपाइँको फोनमा नियरवाइ सेयर फिचर प्रयोग गर्न नोटिफिकेसन आउछ । क्लीक गर्नुहोस् ।

२. नोटिफिकेसन क्लीक गरेपछि रिसिभ गर्न अन आइकनमा क्लीक गर्नुहोस् । केही सेकेन्ड नजिकको डिभाइस सर्च गर्न समय लाग्छ ।

३. अब तपाइँको फोनस्क्रीनमा सेयर गर्न चाहेको मोबाइलको नाम देखाउनेछ ।

४. पहिलेको फोनले पठाउन चाहेको फाइल, फोटो, एप वा कुनै लिंक रिसिभ गर्नका लागि अब एसेप्ट आइकनमा क्लीक गर्नुपर्छ ।

५. फाइलको साइज अनुसार केही सकेन्ड वा मिनेटमा तपाइँको फोनमा पठाइएको सामग्री सेभ हुन्छ ।

नियरवाइ सेयर फिचर अन गर्ने तरिकाः

१. तपाइँको फोन मा सेटिंग्स एपलाई खोल्नुहोस् ।

२. तल स्क्रोल गर्नुहोस् र गुगल ट्याप गर्नुहोस् ।

३. डिभाइस कनेक्सनमा ट्याप गर्नुहोस् । (कुनै फोनम डिभाइस वा कुनै फोनमा डिभाइस एण्ड सेयरिङ लेखेको हुन सक्छ ।)

४. नियरवाइ सेयर अप्सनमा ट्याप गर्नुहोस्।

५. तपाइँको फोनमा तत्काल प्रयोग भइरहेको गुगल एकाउन्ट देखाउँछ, फरक एकाउन्ट भए सो एकाउन्ट छान्नुहोस् । कुन गुगल खाता बाट तपाइँ शेयर गर्न चाहनुहुन्छ पक्का गर्नुहोस् ।

६. डिभायसको नाम परिवर्तन गर्न चाहेमा डिभाइस नेममा गएर गर्न सकिन्छ ।

७. नियरवाइ सेयर फिचर प्रयोग गर्न डिभाइस विजीविलीटीमा ट्याप गर्नुस् । अव तपाइँले नियरवाइ सेयरबाट सजिलै कुनै सामग्री पठाउन वा पाउन सक्नुहुनेछ ।

८. यदि तपाइँ डाटा, वाईफाइ, वा अफलाइन शेयर गर्न चाहानुहुन्छ भने डाटा युजेजमा ट्याप गरेर फिचर प्रयोग वा परिवर्तन गर्न सक्नुहुनेछ ।