प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सदस्य निर्वाचनका लागि मतदान गर्न तोकिएको समय सकियाे


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सदस्य निर्वाचनका लागि मतदान गर्न तोकिएको समय सकिएको छ ।

आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकेको थियो ।

प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश सभा तर्फ ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार मैदानमा छन् । आयोगले मतदानका लागि तोकिएको समय सकिएपनि लाइनमा बसेकाले भने मतदान गर्न पाउने जनाएको छ ।