५९ ओटा स्थानीय तहले समयमा नै ल्याउन सकेनन् बजेट


काठमाडाैँ । देशभरका ५९ वटा स्थानीय तहरूले संवैधानिक व्यवस्थाअनुसार समयमा नै बजेट ल्याउन नसकेको पाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले संवैधानिक व्यवस्थाअनुसार ती स्थानिय तहहरूले चालु आर्थिक वर्षको लागी बजेट ल्याउन नसकेका हुन् ।

आइतवार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएकी हुन् ।

बजेट ल्याउन नसक्ने ५९ मध्ये ३२ वटा स्थानिय तह मधेश प्रदेशका रहेको सहसचिव दाहालले जानकारी दिइन्। बारा, पर्सा, रौतहट र सर्लाहीका मात्रै १५ वटा स्थानीय तहहरू रहेका छन् । बजेट ल्याउन नसकेका चार जिल्लाका १५ वटा स्थानीय तहमा मन्त्रालयका कर्मचारी नै खटिएर बजेट ल्याउन सहजीकरण गरिएको समेत उनले जानकारी दिइन् ।

तीमध्ये ७ वटा स्थानिय तहले चालू आर्थिक वर्षको लागी बजेट ल्याएको जानकारी गराएको र बाँकी स्थानिय तहले भदौ १० भित्र गाउँ/नगर सभामा बजेट पेश गर्ने तयारी गरिरहेको जानकारी आएको उनले बताइन् ।

पत्रकार सम्मेलनमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेले एक महिनामा गरेका ९ वटा क्षेत्रका नीतिगत सुधारका बारेमा जानकारी गराएकी थिइन् ।