दशैं–तिहारमा हुन्डाइको ‘१० गुणा उपहार’ अफर, १० लाखसम्म छुट जित्ने अवसर


काठमाडौँ । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै विशेष अफर ‘दशैं–तिहार, १० गुणा उपहार’ घोषणा गरेको छ।

कम्पनीका अनुसार नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठलाई अझ रोचक र उल्लासपूर्ण बनाउन यो अफर सार्वजनिक गरिएको हो। अफर अन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। साथै, स्क्र्याच कार्डमार्फत थप १० लाख रुपैयाँसम्मको छुट जित्ने अवसर समेत उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

यसबाहेक, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक करमा छुट पाउने व्यवस्था गरिएको छ। हरेक गाडी खरिदमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि रहने कम्पनीले जनाएकाे छ ।

यो अफर भदौ २, २०८२ देखि लागू हुने कम्पनीले जनाएको छ।