काठमाडौँ । निलम्बनमा परेका बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेको छ।
फागुन १३ गते अध्यक्षमा नियुक्त भएका ओझालाई सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । अनुभवको फर्जी कागज बनाएर नियुक्ति लिएको आरोपपछि सरकारले छानबिनका लागि पूर्वन्यायाधीशको नेृत्वमा छानबिन समिति बनाएको थियो ।
छानबिन समिति बन्नुअघि नै अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको थियोभने सर्वोच्च अदालतमा मुद्दा परेको थियो । छानबिनसमितले समेत फर्जी कागज बनाएर नियुक्ति लिएकाे ठहर गरेपछि ओझा बर्खास्तीमा परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्