मन्त्रिपरिषद् बैठकका निर्णयः बिमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त, राष्ट्रिय युवा नीति स्वीकृत


काठमाडाैं । सरकारले नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले खराब आचरण प्रदर्शन गरेको तथा कार्य क्षमताको अभाव रहेको भन्दै आझालाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले छानविन समितिको सिफारिसको आधारमा ओझालाई पदमुक्त गर्ने निर्णय गरेको बताए । बैठकले लिज फाईनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत तथा समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन समेत स्वीकृत गरेको छ ।

त्यस्तै मालपोत (आठौं संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको पनि जानकारी दिए । मन्त्रिपरिषद् बैठकले स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली समेत स्वीकृत गरेको छ । बैठकले राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री मन्त्री गुरुङले बताए।