नाडा अटो साे २०२५ः तीन दिनमै ७८ हजार बढी गरे अवलोकन


काठमाडौँ । गत भदौ ३ गतेदेखि राजधानीकाे भृकुटीमण्डपमा सुरू भएको नाडा अटो साे २०२५ काे तीन दिनमै ७८ हजार ५१३ जनाको एक्स्पाेकाे अवलोकन गरेका छन् ।

भदौ ८ गतेसम्म चल्ने यो एक्स्पाेले नेपाली जनतामा अटो साे प्रतिको बढ्दो उत्साह र विश्वासलाई तथ्याङ्कले देखाएको नाडाले जनाएकाे छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका करण अध्यक्षले यस उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको बताए ।

उनले सफलतामा योगदान पुर्‍याएका प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताप्रति नाडाको तर्फबाट आभार प्रकट गर्दै अटो साे अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवका रूपमा स्थापित भएको उल्लेख गरे ।