काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा भदौ ३ गतेदेखि सुरू भएको १७औँ संस्करणको ‘नाडा अटो सो ’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
छ दिनसम्म चलेको यस प्रदर्शनीमा १ लाख ७६ हजार ७८९ जनाले अवलोकन गरेका हुन् ।
जुन दर्शक संख्याका हिसाबले नाडा अटो सोको इतिहासमै सबैभन्दा ठूलो उपलब्धि बनेको आयोजकले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको यो प्रदर्शनी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
देशका उच्च पदस्थ राजनीतिक नेतृत्व, सरकारी अधिकारी, व्यावसायिक संघसंस्थाका प्रतिनिधि तथा कलाकारदेखि सर्वसाधारणसम्मको उल्लेख्य उपस्थिति देखिएको यसपटकको सोमा विद्युतिय सवारी साधन, उड्ने कार प्रविधि, रोबोटिक प्रदर्शन तथा अन्तर्राष्ट्रियस्तरका नवीनतम मोडेलका कारण विशेष चहलपहल देखिएको थियो ।
छ दिनसम्मको प्रदर्शनीले राजधानीमा मात्रै नभई सम्पूर्ण देशभर अटोमोबाइल व्यवसायप्रति नयाँ उत्साह जगाएको आयोजकको दाबी छ ।
प्रदर्शनीमा अवलोकनकर्ताले नयाँ प्रविधि अनुभव गर्नुका साथै बजारका ताजा मोडेलको प्रत्यक्ष जानकारी पाएका थिए । यसपटक १७औं संस्करणलाई अझ व्यवस्थित, भव्य र ऐतिहासिक बनाउन विशेष तयारी गरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्