स्वस्तिक लघुवित्तको आइपिओ बाँडफाँड


काठमाडौँ। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ) बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बिहीबार बाँडफाँड भएको हो ।

कुल २४ लाख ४० हजार ४६० आवेदकले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए भने जसमध्ये २ हजार ३०० जनाको आवेदन रद्द भएको थियो ।

१९ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकाहरूमध्ये ५ जनाले ११ कित्ता शेयर हात पारेका छन्।

कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल एक लाख ९५ हजार १९५ कित्ता आइपिओ बिक्री खुला गरेको थियो।