३८ अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब रूपैयाँ


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयर बढेको छ भने ११ ओटा उपसमुहको उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६५ करोड ४४ लाख ३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन विकास हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, ओरियन्टल होटल्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.७१ प्रतिशतले घटेको छ ।

कुल ३२२ कम्पनीको एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।