मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : स्प्रेडदर दर र कर्जाको व्याजदर घट्ने (पूर्णपाठ)


काठमाडाैं ।

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आइतबार राति मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

राष्ट्रबैंकले मौद्रिक नीतिको समीक्षामार्फत केही नीतिगत परिवर्तनहरू पनि गरेको छ । यस आर्थिक वर्ष २०७९०८० को मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई घटाएको छ ।

कर्जा र निक्षेप बिचको ब्याजदर अन्तर (स्प्रेडदर)लाई राष्ट्र बैंकले घटाएको हो। ४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरूको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको छ ।

विकास बैंकको हकमा ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर राष्ट्र बैंकले घटाउदै ४।६ प्रतिशतमा झारिएको छ। स्प्रेड दर घट्दा यसको प्रभाव बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्ने छ जसले कर्जाको ब्याजदरलाई घटाउने छ।