संघीय संसद भवनको गेटमा आगजनी : भीड नियन्त्रण गर्न प्रहरीले प्रयोग गर्‍यो रबरको गोली


काठमाडाैँ । राजधानीमा जेन–जी पुस्ताले गरेको आन्दोलन उग्र बन्दै गएपछि काठमाडौँको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले आज दिउँसो संघीय संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।

सुरक्षा निकायका अनुसार प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दै संसद भवनको दुई नम्बर गेटको पर्खालसमेत भत्काएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै घुँडामुनि लक्षित गरी रबरको गोली चलाएको छ ।

उग्र आन्दोलनपछि प्रशासनले नयाँबानेश्वर र आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।