रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा जारी गरिएको छ । रुपन्देही जिल्लामा प्रदर्शन, जुलुस, हुलदङ्गा वा झडपका कारण शान्ति सुरक्षा भङ्ग हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले विहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुने जानकारी दिए । उनले जिल्लाभर ५ जनाभन्दा बढी व्यक्ति भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्णरुपमा निषेध गरिएको जनाए ।
उनका अनुसार प्रशासनले चेतावनी दिएको छ कि आदेशको उल्लंघन गर्ने वा यसलाई अवरोध गर्ने जोसुकै व्यक्तिविरुद्ध प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने छ ।
निषेधाज्ञा लागू गरिएको क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रहरीसँग समन्वय गर्दै शान्ति व्यवस्था कायम राख्न विशेष ध्यान दिइने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्